विराटनगर : नेकपा एमाले प्रदेश १ का प्रदेशसभा सदस्य रामबहादुर रानाले सांसदहरु जनतालाई ढाँटेर आएको बताएपछि नेपाली कांग्रेसका सांसदले नियमात्ती जनाएका छन् ।
नामकरणका लागि जारी प्रदेशसभा बैठकमा कोसी प्रदेशका प्रस्तावकसमेत रहेको सांसद रानाले सांसद रानाले प्रदेशसभामा आएका सांसद सोझा नभएको भन्दै जनतालाई ढाँटछल गरेर आएको बताएका थिए ।
प्रदेशको नाम कोसी राख्ने प्रस्ताव बहुमतले पारित भएपछि भएको छलफलमा उठेका विषयको जावाफ दिने क्रममा रानाले यस्तो बताएपछि काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले नियमापत्ती जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए ।
छलफलका क्रममा केही सांसदहरुले कोसी नामको प्रस्तावमा जनजाति सांसदलाई अघि सारेर सोझालाई फसाएको बताएका थिए । उक्त सवालको जवाफ दिने क्रममा मगरले भने, ‘यहाँ आएकाहरु कोहि पनि साह्रै सोझा जस्तो मलाई लागेको मलाई छैन् जनतालाई प्रशस्तै ढाँटछल गरेर र अरु केके गएर चुनाब जितेर आएकाहरु यहाँ छन् ।’
मगरले प्रदेशसभामा रहेका सांसदहरु चलाख भएको बताएका थिए ।
मगरको भनाईमा नियमापत्ती जनाएका सांसद राईले उक्त भनाइ रेकर्डबाट अटाउन माग गरेपछि सभामुखले तत्काल ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।