Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बहुमतले स्वीकार गरेको नाममा बाधक बन्दैनौँ, दुई तिहाइ प्राप्त गरे फेरि नाम फेर्छौ : आङ्बो



विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा नाम राख्नुपर्ने अडान पार्टीको भएपनि अहिलेको ताजा जनादेशको अङ्क गणित त्यसको पक्षमा नभएको बताए ।

उनले प्रदेशसभामा बोल्दै यसअघिको प्रदेशसभामा पहिचान पक्षधर बलियो भएको र अहिले त्यो अवस्था नभएकोले नामको विषयमा माओवादी बाधक नहुने बताए ।

‘संसदको ठुलो संख्याले स्विकार गरेको नाममा हाम्रो समर्थन रहन्छ’, उनले भने, ‘फेरि चुनावमा प्रदेशका जनताले हामीलाई दुई तिहाइ बहुमत दिए भने पहिचानको आधारमा नाम राख्छौं ।’

माओवादीले नेकपा एमालेले टेबुल गरेको कोसी प्रदेशमा समर्थन जनाएको छ ।

प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत-लिम्बुवान-सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ । अब कोसीमा मात्रै छलफल हुनेछ ।

यस्तै उक्त नाममा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन गरेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार