विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश सभापतिहरूको टुंगो लगाएको छ । पार्टीले सुरु गरेको संगठन विस्तार अभियानका क्रममा सातै प्रदेशमा संयोजक तोकिएको हो ।
रास्वपाले प्रदेश १ को सभापतिमा राजेश तिम्सिना चयन गरेको छ । उनी विराटनगरका हुन् ।
यस्तै मधेस प्रदेशमा तपेश्वर यादव, बागमतीमा अचुतम लामिछाने, गण्डकीमा राजन गौतम, लुम्बिनीमा देवराज पाठक, कर्णालीमा धिरजबहादुर वली र सुदूरपश्चिममा प्रकाश विष्ट सभापति बनेका छन्