Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरका दुई नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर



तस्बिर सौजन्य : भरत खड्का

उदयपुर : उदयपुरका दुई नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । जिल्लाको बेलका र चौदण्डिगढी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

लुम्बिनी गार्डेन फाउण्डेशन स्पेन नेपालको संयोजनमा दुई दिनसम्म सञ्चाल भएको शिविरमा महिला तथा स्त्रीरोग, बालबालिका, क्यान्सर, मुटु, नाक, कान, घाँटी रोगको बिशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

उक्त शिविरमा स्पेनस्थित मेडरिड अस्पतालका विशेषज्ञ डाक्टरको साथै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र काठमाडौंको स्टार अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरबाट करिब दुई हजार बढीले निःशुल्क सेवा लिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार