विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीबाट निष्कासित भएका छन् ।
शनिबार बिहान बसेकाे पार्टीकाे सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्कासित गर्ने निर्णय गरिएकाे उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
पार्टीको नीति र सिद्धान्त विपरीत काम गरेको भन्दै उनलाई कारबाही गरेको उनले बताए ।
उनलाई कारबाही गर्नका लागि एमाले १ नम्बर प्रदेश कमिटीले सिफारिस गरेको थियो । पूर्वाराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि कारबाही गरेको हो ।
उनी मेडिकल व्यवसायीसमेत हुन् । पछिल्लो समय नागरिक बचाउ महाअभियान सञ्चालन गरेका छन् ।