विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बिहान बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिने निर्णय गरेकाे हाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा भएको सहमति कार्यान्वयन नभएपछि राप्रपाले सरकार छाड्न लागेको बताएको छ।
पुस १० गते एमालेलाई राष्ट्रपति दिने सहमति गरेको माओवादीले सो सहमतिको अवज्ञा गर्दै कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएपछि राप्रपा सरकारबाट अलग्गिन लागेको हो ।