विराटनगर : नेकपा एमालेका सचिव गोकर्ण बिष्टले प्रचण्डले सहमतिलाई लत्याएर देशलाई अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले देश संकटतर्फ धकेलिएको बताए ।
उनले लेखेका छन्, ‘सहमतिलाई लत्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र संकट तर्फ लैजाने जोखिम देखा परेको छ ।’
बिष्टले अब एमाले सबैखाले षड्यन्त्रहरुको सामना गर्दै देश र जनताको पक्षमा उभिने बताए । ‘यस्तो अवस्थामा हाम्रो पार्टी नेकपा एमाले सबैखाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रुपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्नेछ’ उनले लेखेका छन् ।