Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेलाई प्रचण्डको धोका : कांग्रेसलाई राष्ट्रपति दिने माओवादीसहित ८ दलको निर्णय



काठमाडौं : बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको छ।

पुरानो सत्ता गठबन्धनका पाँच दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भएपनि पार्टीबाट राष्ट्रपति को बन्ने भनेर यकिन नभएको उनले बताए।

नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ। कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन्।

आज बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए भने पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार