Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता



तस्बिर: प्रधानमन्त्री प्रचण्डको सचिवालय।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान दुई नेताबीच भेटवार्ता भएको हाे। उनीहरूबीच राष्ट्रपति निर्वाचनकाे विषयमा छलफल भएकाे बताइएकाे छ।

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका पनि हालसम्म दलहरूबीच सहमति जुट्न सकेकाे छैन।

दलहरुबीच राष्ट्रपतिकाे विषयमा रस्साकस्सी चलिरहेकाे बेला प्रचण्ड र ओलीकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार