विराटनगर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले मध्यावधि निर्वाचनको कल्पना पनि नगर्न आग्रह गरेका छन् ।
शाहले भने, ‘पूर्ण बहुमत कसैको नभए पनि प्रदेश सरकार पाँच वर्ष टिक्नुपर्छ । मध्यावधि हुँदैन अफवाह मात्रै हो ।’ उनले आफूले चाडै विश्वासको मत चाँडै लिने बताएका छन् ।
‘सबै पक्षको मत पाउने गरेर छलफल, संवाद भइरहेको छ,’ शाहले भने । उनले पाँचै वर्ष सरकार टिकाउने बारे छलफल चलिरहेको पनि बताए ।
‘अहिले फेरि चुनाव (मध्यावधि) मा जाँदा जनताले लखेट्छन्, कुनै पनि दल र प्रदेश सभा सदस्यले मध्यावधि चाहेका छैनन्,’ उनले भने, ‘त्यसैले सरकार टिक्नैपर्छ ।’