Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केपी ओलीलाई राष्ट्रपति बनाऔं : इन्द्र आङ्बो



विराटनगर : नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले पुस १० मा भएको सहमति कार्यान्वयन गर्नका लागि केपी ओलीलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले स्थायित्व कायम गर्न केपी ओलीलाई राष्ट्रपति बनाउनुपर्छ बताए ।

उनले लेखेका छन्, ‘ठिक छ, पुस १० को सहमतिलाई नै कार्यवन्यन गरौं । त्यसका लागि देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलीलाई बनाऔं ।’

यस्तै आङ्बोले स्थायित्व, सुशासन र समृद्धिका लागि पाँचै वर्ष प्रचण्ड नेतृत्वको सरकारलाइ निरन्तरता दिनुपर्ने बताए ।

उनले बामपन्थी सहकार्यलाई दीर्घकालीन बनाउन आग्रहसमेत गरेका छन् । उनी माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेतासमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार