Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको प्रदेश कमिटीबाट ७२ जना ‘आउट’ हुँदै



विराटनगर : नेकपा एमालेको प्रदेश कमिटीले ७२ जना प्रदेश कमिटी सदस्यलाई हटाउने भएको छ ।

बैठकमा निरन्तर अहिलेसम्म उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएकालाई जिम्मेवारीबाट हटाउन लागिएको हो ।

फाल्गुन ५ गते बस्न लागेको एमाले प्रदेश १ कमिटीको बैठकअघि एजेन्डा तयार गर्न बसेको प्रदेशक इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवको बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले स्रोतका अनुसार बैठकमा राख्ने एजेन्डामध्ये यसलाई पनि प्राथमिकतामा राखिएको छ ।

नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको बेला तुलसी न्यौपानेको अध्यक्षतामा झण्डै ६ सय सदस्यको प्रदेश कमिटी निर्माण गरिएको थियो । प्रदेश कमिटीले शुक्रबारको बैठकबाट निर्वाचनमा बागी विद्रोही भएकाहरुलाई पनि हटाउने तयारी गरेको छ । तर, त्यस्ता व्यक्तिहरु कति छन् भन्ने खुल्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार