Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा ५ करोड बढीको लागतमा रानीपोखरी ग्रिनपार्क बन्ने, मेयरद्वारा शिलान्यास



विराटनगर : विराटनगर महानगरपालिकामा पाँच करोडभन्दा बढीको लागतमा रानीपोखरी ग्रिनपार्क बन्ने भएको छ ।

विराटनगर वडा नम्बर १४ मा ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुन लागेको पार्कको बुधबार मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । ।

पार्कको शिलान्यास गर्दै कोइरालाले महानगरको दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको बताए ।

उक्त पार्कको निर्माण दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायतका संरचना निर्माण हुने बताइएको छ ।

यहाँ रहेको पोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । पार्क निर्माणको ठेक्का विराटनगरमा रहेको निर्माण कम्पनी कला विल्र्डसले पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार