Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रक्सी खाएर लफडा गरेको आरोपमा मोरङबाट कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ



विराटनगर  : म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडासहित २ जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति बेलबारी– १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी– ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाइदिएका थिए।

होटलबाट बाहिर निस्किएर झगडा गरेको प्रहरीलाई स्थानीयले खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन।

पीडित पक्ष ईलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहनेसमेत उनले बताए। पीडितलाई भने अस्पताल लगिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार