Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ – प्रदेशसभा बैठक आज बस्दै



विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी आज ११ बजेलाई प्रदेशसभा बैठक राखेको जनाएको छ।

आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम छ।

प्रदेश १ मा गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेपछि बैठक बस्न सकेको थिएन् ।

प्रदेश सरकारले संसदहरुलाई बिजनेस दिन नसक्दा केही नियमित कामबाहेक प्रदेशसभाले कुनै उल्लेख्य काम गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार