विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. रविराज सिंह नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहलाई मेसु नियुक्त गरेको हो ।
उनी यसअघि वरिष्ठ कन्सल्टेन्ट सर्जनका रुपमा कार्यरत थिए । सिंह १० औं तहका सर्जन हुन् ।
यसअघि अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसु थिए । मन्त्रालयले अस्पतालमा नयाँ मेसु नियुक्त गरेपछि यादवे पुरानै जिम्मेवारीमा फर्केका छन् ।
कोसी अस्पतालमा ११ औँ तहका दुई जना चिकित्सकहरु कार्यरत छन् । तर उनीहरुले मेसु बन्ने इच्छा नदेखाएपछि १० औँ तहका जुनियर चिकित्सकलाई मेसुको जिम्मेवारी दिइएको बताइएको छ ।
नवनियुक्त मेसु सिंहले मंगलबारदेखि कार्यभार सम्हालेका छन्।