Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ : संसद नियमावली मस्यौदा समितिको संयोजकमा लिलाबल्लभ अधिकारी



विराटनगर : प्रदेश नम्बर १ को संसद नियमावली मस्यौदा समितिको संयोजकमा एमाले सांसद लिलाबल्लभ अधिकारी सर्वसम्मत चयन भएका छन् । गत माघ २३ गते बसेको संसद बैठकमा ११ सदस्यीय मस्यौदा बनाउन गठित समितिका सदस्य मध्येका एक सदस्य अधिकारीलाई आज बसेको समितिको बैठकले संयोजक तोकेको हो ।

समितिमा अधिकारीसहित एमालेबाट तिलचन पाठक, यसोदा कायस्थ, रामदेव यादव रहेका छन् । नेपाली कांग्रेसबाट केदार कार्की, मोहन महर्जन र शोभा चेम्जोङ, माओवादीबाट गीता तिम्सिना र गोम्बु शेर्पा, नेकपा एसका कमलप्रसाद जवेगु र राप्रपाकी निमसरी राजवंशी रहेका छन् ।

आज चयन भएका संयोजक अधिकारीले संसद बैठकमा मस्यौदा पेश गर्नेछन् । मस्यौदा संसदमा पेश गरेपछि सांसदले आफ्नो धारणा राख्ने र परिमार्जन गर्नुपर्ने भए परिमार्जनपछि सहमतिमा नियमावली पारित हुने अधिकारीले जानकारी दिए ।

उनका अनुसार नियमावली बनाउने कार्यविधि पास भइसकेको छ । फागुन ३ गते समितिको बैठक बसेर नियमावलीको मस्यौदा पेस गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार