विराटनगर : विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको तीन दिने कार्निभल सम्पन्न भएको छ । २७ गतेदेखि सुरु भएको कार्निभल आज सम्पन्न भएको हो ।
समापन कार्यक्रममा गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा, गायीका रचना रिमाल र लोक गायिका अन्जु गौतमसँगै एभरेष्टका विद्यार्थीहरुले विभिन्न प्रस्तुति देखाएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रको योगदानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । उनले यस्ता शैक्षिक संस्थाहरु बाह्य मुलुकका लागि पनि शैक्षिक गन्तव्य बन्न सक्नुपर्ने तर्क गरेकी छिन् ।
कार्कीले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण भएका विद्यालयहरु विदेशका विद्यार्थीको रोजाईमा पर्ने वातावरणको सृजना गर्न आग्रह गरिन् ।
यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कार्निभलको अवलोकनबाट अभिभावकहरुले आफ्ना विद्यार्थीको क्षमता र ज्ञानलाई बुझ्ने अवसर प्रदान गरेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन तथा म्युजिकल इन्स्ट्रुमेन्ट बजार कौशलता प्रदर्शन गरेका थिए । यस्तै विराटनगरको टप डान्स स्टुडियो र डाइनामिक डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको छ।
तीन दिने कार्निभल सम्पन्न भएसँगै भोली एकदिनका लागि विद्यालय विदा गरिएको प्रिन्सिपल पुरीले जानकारी दिए।