पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकाले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
‘जनयुद्ध’ दिवसका अवसरमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको सूचना जारी भएको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।
जिल्लामा स्थानीय तहले ‘जनयुद्ध’ दिवसका नाममा बिदा दिइएको नौलो निर्णय हो । यो गाउँपालिकाका अध्यक्ष कांग्रेसका वीर विक्रम थाम्सुहाङ रहेका छन् । उनी कांग्रेस फालेलुङ गाउँपालिका सभापति पनि हुन् । उक्त गाउँपालिकामा उपाध्यक्ष भने नेकपा माओवादी केन्द्रका महेन्द्र जवेगु रहेका छन् ।
