Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बुधबार बिहान ओलीसँगको भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन्।

दुई नेताबीच सरकार सञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भएको बताइएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार