Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरोस् : प्रदेश प्रमुख खापुङ



विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले  प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै खापुङले प्रदेशको नामकरण सबै क्षेत्रको चासो भएकाले यसै कार्यकालमा टुंगो लगाउनुपर्ने बताए ।

‘यस प्रदेशसभाको कार्यकालले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेर सार्थक नामकरण गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

यस्तै प्रदेश सरकारलाई जनताले प्रत्येक्ष अनुभूति गर्ने क्षेत्रमा काम गर्न उनले सुझाव दिएका छन् । वन वातावरण, कला संस्कृति, पर्यटन, कृषि, उद्योग, सामाजिक न्यायका क्षेत्रमा जोड दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार