काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। उनी बिहीबार दिउँसो बाँकेकाे कोहलपुरबाट पक्राउ परेका हुन्।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीमाथि सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा छ।
कोहलपुरबाट पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलाली लगिँदै छ।