Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने



काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभाकाे उपाध्यक्षका उम्मेदवार दिने भएको छ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनका अनुसार राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिनेछ। उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने हो? त्यो भने कांग्रेसले अझै खुलाएको छैन।

राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार