विराटनगर : साना तथा लघु महिला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने शीपबारे इ–कमर्शका माध्यमबाट तालिम प्रदान गरिएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा नवउद्यमीहरुलाई डिजिटल प्लेटफर्मको प्रयोगबारे तालिम प्रदान गरिएको हो ।
स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा सम्पन्न तालिमा तालिममा ६० जनाको उपस्थिति रहेको थियो ।
तालिमा महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकालले साना उद्यमीहरुले वर्षौंदेखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्ताहरु माझ पु¥याउनका लागि तालिम प्रभावकारी रहेको बताए । उनले उत्पादनको परम्परागत रुपमा गरिने बजारिकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्ता माझ पु¥याउन तालिम उपयोगी बन्नेमा विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघ पूँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइल लगायतका डिजिटल टेक्नोलोजीहरुको प्रयोग बढेका कारण नेपालमा इकमर्शको क्षेत्र बढेको बताए । तालिमबाट साना उद्यमीहरुलाई पनि इकमर्शमा प्रवेश गर्न र उत्पादनको प्रवद्र्धनका साथै बजारिकरणमा सहयोग पुग्ने नेपालले बताए ।
पछिल्लो पटक नेपालमा इकमर्शको प्रयोग बढेसँगै यसका लागि नीति निर्माण हुँदै गएकाले हरेक व्यवसायमा यसको प्रभावकारिता हुने नेपालले बताए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी व्यवसायीहरुबीच एक अर्काको व्यवसाय बारे जानकारी प्राप्त गर्न तालिम प्रभावकारी हुने बताए ।
तालिमकी प्रशिक्षक रिया श्रेष्ठले नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेसँगै इकमर्शको अभ्यास पनि बढ्दै गएको बताइन् । प्रविधिलाई मनोरञ्जनका लागि मात्र नभई उद्यमीहरुले आफ्ना उत्पादनको प्रवद्र्धनमा समेत प्रयोग गर्नुपर्ने उनको भनाई छ ।