Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

माओवादीको पदाधिकारी बैठक सुरु, गृहमन्त्रीका विषयमा छलफल हुने



विराटनगर : राष्ट्रपति निर्वावाच र गृहमन्त्रीका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्धारति समयभन्दा केही ढिलागरी बैठक सुरु भएको हो ।

नागरिकता विवादका कारण सांसदसहित उपप्रधान तथा गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई पुनः सोही पदमा नियुक्त गर्न माग गरेका छन् । उनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूलाई गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

लामिछानेले गृहमन्त्री गुमाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैसँग राखेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लामिछानेले पुनः नागरिकता प्राप्त गरेसँगै गृहमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

आजको भेटमा आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्नेसमेत उनले चेतावनी दिएका छन् । गृहमन्त्री आफ्नो भागमा परेका कारण कुनै हालतमा छाड्न नहुने रास्वपाको अडान छ ।

रविनिकट स्रोतका अनुसार आजको भेटमा उनले यस विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार बेलुकीसम्मको समयसीमा दिएका छन् । गृह मन्त्रालय नपाएको अवस्था आजै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाका एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार