Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियुद्वारा उर्लाबारीमा जेब्रा क्रसिङ निर्माण



उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ४ स्थित आइतबारेमा जेब्रा क्रसिङ निर्माण भएको छ ।

अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस तथा नगर कमिटीको संयुक्त आयोजनामा पुर्व–पश्चिम राजमार्ग अन्र्तगत आइतबारेमा जेब्रा क्रसिङ निर्माण गरिएको अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटीका अध्यक्ष राम तिवारीले जानकारी दिए ।

सोमबार सहिद दिवसको अवसर पारेर क्याम्पस प्रवेश गर्ने स्थलमा विद्यार्थीको सहजताका लागि जेब्रा क्रसिङ निर्माण गरेको उनले बताए ।

सवारी चाप अत्याधिक बढेको समयमा विद्यार्थीको आवागमनमा समस्या समाधान गर्न र सहज रुपमा पदलयात्रीलाई बाटो काट्न सहजहोस् भन्ने उदेश्यले निर्माण गरिएको अनेरास्ववियुका नेता रिकेश दाहालले बताए ।

यस्तै अनेरास्ववियुले आगामी फागुनमा हुने २३ औँ राष्ट्रिय महाधिवेशन सफल बनाउन क्याम्पसमा संगठन विस्तारलाई तीव्रता दिएको छ । अनेरास्ववियुले पछिल्लो समय उर्लाबारी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार