विराटनगर : विराटनगरमा जारी हिसान स्पोर्टस मीटको ११ औं सस्करणमा विद्यार्थीको नाम प्रयोग गरेर बाहिरी खेलाडी खेलाउने टिम प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबार शहिद मैदानमा विद्याभूमि स्कुल (वभिएस) र होलिचाइल्ड स्कुल उर्लाबारीबीचको खेलमा होलिचाइल्डले बाहिरी खेलाडी खेलाएपछि आयोजकले उसलाई प्रतियोगिताबाट निकालेको हो ।
उर्लाबारीले शाहिल खड्काको नाममा उर्लाबारी फुटबल क्लबको जंगबहादुर खड्कालाई खेलाएको थियो । शाहिल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।
खेलको नियम विपरीत बाहिरी खेलाडी खेलाएका पाइएपछि होलिचाइल्ड स्कुललाई प्रतियोगिताबाट निकालिएको हिसान मोरङले जनाएको छ ।
यस्तै फुटबलको उपाधिका लागि कोशी कलेज र मोर्डन एरा उच्चमावि भिड्ने भएका छन् । फाइनल खेल विराटनगरको शहिद मैदानमा आज हुँदैछ ।
कोशीले पहिलो सेमिफाइनलमा पथरीको रेडस्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गदै फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा मोर्डनएराले विद्याभूमि स्कुल (विभिएस) लाई २–० ले पराजीत गर्दै फाइनलको यात्रा तय गरेको हो ।