काठमाडौं : रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। त्यसपछि उनी गृहमन्त्रीसँगै पार्टीको सभापतिबाट पदच्युत भएका थिए।
आइतबार बिहान उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि पार्टीको जिम्मेवारीमा फर्किएका हुन्।