विराटनगर : आफ्नो राजीनामा नआई नयाँ मुख्यन्यायधिवत्ता नियुत्ति गरेको भन्दै प्रदेश १ का पूर्वमुख्यन्यायाधिवक्ता परिवर्तन राईले उच्च अदालतमा रिट दतौ गरेका छन् ।
राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तीलाई मुख्यन्यायाधीवक्ता नियुक्त गरेपछि नियुक्ती बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
प्रदेश १ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेपछि गत माघ १० गते गजेन्द्र आचार्यलाई मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए । राईलाई भने तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत असोज ९ गते मुख्यन्यायधिवक्ता नियुक्त गरेका थिए ।
यस्तै उच्च अदालतले मुख्यन्यायधिवक्ता नियुक्तिका विषयमा परेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका न्यायधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतले अन्तरिम आदेशका लागि माघ २३ गते दुवै पक्षलाई छलफलमा बोलाएको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
