Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रेस युनियन प्रदेश १ अधिवेशन : अध्यक्षका उम्मेद्वार अधिकारीद्वारा निर्वाचन बहिष्कार



विराटनगर : नेपाल प्रेस युनियनको प्रदेश १ को प्रथम अधिवेशनमा एकतर्फी नेतृत्व चयन गर्न लागेको भन्दै अध्यक्षका उम्मेद्वारा पवन अधिकारीले निर्वाचन बहिष्कारको घोषणा गरेका छन् ।

युनियनका बहुसंख्यक पत्रकारहरुलाई पाखा लगाउन षडयन्त्र गरेको उनले आरोप लगाएका छन् । शनिबार विराटनगरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अधिवेशनको उद्धाटन गरेका थिए ।

एकपक्षीय ढंगले निर्वाचनको नौटंकी गरिएको भन्दै उनले शनिबार साँझ प्रेस विज्ञप्तीमार्फत असहमति जनाएका हुन् ।

अधिवैशनका प्रतिनिधिहरुको अन्तिम नामावली सार्वजनिक नगराएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरु घर फर्किसकेपछि निर्वाचनको नौटंकी गरिएको उनले बताए ।

‘एकपक्षीय ढँगमा गरिएको कथित निर्वाचनको नौटंकी प्रति असहमति प्रकट गर्दै त्यस्तो तथाकथित निर्वाचनमा भाग नलिने ठहर गरेका छौं,’ विज्ञप्तीमा भनिएको छ । नेतृत्व चयन गर्ने विषयमा केही ब्यक्तिहरुको हठ र बल मिच्याइका कारण सहमतिको प्रयास विफल बनाएको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

‘४ प्रदेशबाट सहमति र एकताका साथ प्रदेश अधिवेशन भइरँदा प्रदेश १ मा एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरुप्रति अपमानजनक ढंग र हुकुमी शैलीमा नेतृत्व प्रस्तुत भएको प्रति हाम्रो आपत्ति रहेको छ’ अधिकारीले विज्ञप्तीमा भनेका छन्, ‘सम्मानजनक सहभागीता नभएको अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिस्कार गर्दै योग्य र सक्षम पत्रकार साथीहरुको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने, सम्पूर्ण साथीहरुमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार