Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चर्को ब्याजका कारण व्यवसायीले भोग्नुपरेको समस्याबारे उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण



विराटनगर : उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्याका वारेमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले नेपाल सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सरकारको राजश्व, बैंक व्याज लगायतका कारणले व्यवसायीमा ठूलो समस्या आएको महासंघको भनाई छ ।

दुइदिन अघि सूर्योदय, इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सन्जालमा पोष्ट गरेका यथार्थ वेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिएको महासंघका प्रदेश १ अध्यक्ष टिकाराम ढकालले बताए ।

यस्तै बुधबार विराटनगरका इलेक्ट्रीक व्यवसायी मोहन न्यौपानेले पनि सुसाइड नोटमा बैंक ब्याजका कारण देखाई आत्महत्या गरेको भन्दै उनले कैयन व्यवसायीहरु पिडामा रहेको र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिने अवस्था नरहेको बताए ।

सरकारको नीतिकै कारण व्यवसायीहरुले अनेकौं समस्याहरु झेल्नु परेको उनले बताए । व्यवसायीहरुलाई आफ्नो कारोवार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहरिन नदिन नेपाल सरकार लगायत सम्वन्धित निकायमा महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार