Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको पार्किङ निषेधित सडकको सफाई गरिँदै



विराटनगर : विराटनगर महानगरपालिकाले सडक सरसफाईलाई तीव्रता दिएको छ । महानगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउन मंगलबार पार्किङ निषेधित सडकमा सरसफाई गरेको हो ।

महानगरले बजार क्षेत्रका मुख्य सडकमा पानी लगाएर पखाल्ने काम गरेको छ । पार्किङ व्यवस्थापनपछि महानगरले सडकलाई सफा बनाउन ब्रुमर लगाएर धुलो उठाउने र पानी लगाएर धुने काम गरिरहेको महानगरका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

शनिमन्दिरदेखि अस्पताल चोक र महावीर रोडलाई पार्किङ निषेधिक क्षेत्र घोषणा गरिएको छ ।

‘नो पार्किङ जोन’ घोषणा गरिएको सडक पखालेर चिटिक्क पारिएको छ । मेयर नागेश कोइरालाको निर्देशनअनुसार सफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

महानगरले सरसफाईलाई कडाइ गरिएको उनले सुनाए । घर र पसलअगाडि फोहोर भेटिए सम्बन्धित घर र पसलधनीलाई कारबाही गरिने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई मेयर कोइरालाले आग्रह गर्दै आएका छन् । मंगलबार महानगरले शनिमन्दिर रोड र महावीर रोड पखालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार