विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । आइतबार संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकमा बोल्दै कोइरालाले पार्टीले निर्णय गरेपछि बाध्य भएर विश्वासको मत दिनुपरेको बताए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा बसेको पार्र्टीको बैठकमा आफूले तटस्थ बसौ भन्ने प्रस्ताव राख्दा पनि सुनुवाइ नभएको उनले बताए । उनले भने, ‘बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’
बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति(उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।