Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न पूर्वमन्त्री आङ्बोको नेतृत्वमा कार्यदल गठन



विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन भएको छ । सरकारको साझा कार्यक्रमको मस्यौदा बनाउन आङ्बोको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको साझा कार्यक्रम बनाउने कार्यदलमा एमाले संसद रामबहादुर राना मगर रहेका छन् । यस्तै सत्ता साझेदार दल राप्रपा र जसपाबाट पनि एक एक जना कार्यदलमा रहनेछन् ।

शुब्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठक कार्यदल निर्माण गर्ने सहमति गरेको थियो ।

कार्यदलका संयोजक आङ्बोले चाडै न्यूनतम साझा कार्यक्रम तयार पारेर सरकारलाई दिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार