विराटनगर : विराटनगरमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।बिहीबार बिहान विराटनगर – १० लालिगुरास चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।
बिहानको जाडोमा आगो बालेर बसिरहेकी वृद्धाको कपडामा सल्किएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
ती वृद्धाले फलामको मकरमा आगो ताप्ने गरेकी थिइन् । घटनाको थप अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।