काठमाडौं : नाबालिग बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिएका हुन्।
अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन पाउने छैनन्। कारण- जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ। उनी अहिले तनहुँ कारागारमा सोही सजाय काटिरहेका छन्। शाह करिब एक वर्षयता जेलमा छन् ।