Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुख दनुवारले लिइन् पद तथा गोपनीयताको शपथ



विराटनगर : प्रदेश नं १ की नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । दनुवारलाई शनिबार सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराएका हुन् ।

सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नवनिर्वाचित उपसभामुख दनुवारले आजै पदभारसमेत ग्रहण गरेकी छिन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा उपस्थित बहुमत प्रदेशसभा सदस्यको मत पाउँदै उनी निर्वाचित भएकी थिइन् ।

दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ९० प्रदेश संसदमध्ये ५७ जनाले मतदान गरेका थिए । उनी एमालेबाट समानुपातिक संसद हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार