Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित



विराटनगर : नेकपा एमालेकी प्रदेशसभा सदस्य सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभामा भएको निर्वाचनमा उनी सत्तारूढ गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।

दनुवारले ५७ मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै नेपाली कांग्रेसकी लिलाकुमारी राईले ३३ मत प्राप्त गरेकी छिन् । आजको प्रदेशसभामा ९० जना संसद उपस्थित थिए । दनुवारलाई निर्वाचित गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्तावमा माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगरले समर्थन गरेका थिए ।

प्रदेशसभामा उपस्थित रहेका सदस्यको बहुमत प्राप्त गरेकाले संसद दनुवारलाई उपसभामुखमा निर्वाचित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।

संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार