Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को उपसभामुखका लागि आज निर्वाचन हुँदै



विराटनगर : प्रदेश १ को उपसभामुखका लागि आज निर्वाचन हुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा उपसभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सत्ता गठबन्धनको भागबन्डा अनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा छ । प्रदेशको सभामुखमा यसअघि माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार र नेपाली कांग्रेसकी लिलाकुमारी राईले उम्मेदवारी दर्ता गराएका छन् । दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका छन् भने राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई रहेका छन् । दुवै जना उदयपुरबाट समानुपातिक संसद हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४७ संसद आवश्यक पर्छ । हाल कायम रहेको एमाले गठबन्धनमा ६० संसद छन् । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ संसद छन् । प्रदेशसभाका कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ संसद छन् । यसअघि नेकपा नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेल प्रदेशसभाको पहिलो उपसभामुख थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार