Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

६३ जनाको समर्थनसहित मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवको दावी पेश



विराटनगर : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादवले दावी पेश गरेका छन् । बुधबार ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दावी पेश गरेका हुन् ।

जसपा संसदीय दलका नेता यादवलाई जसपासहित नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा, नागरिक उम्मुक्ति पार्टी र स्वतन्त्र संसद सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका छन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ७, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एकएक र दुई जना स्वतन्त्र गरी ६३ संसदले समर्थन गरेका हुन् । मधेसमा सरकार गठनका लागि ५४ जनाको समर्थन चाहिन्छ ।

मधेस प्रदेशका प्रदेश प्रमुख मिश्रले बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका थिए । तर, सत्ता साझेदार दलहरुले निर्धारित समय अगावै सहमति गरेर दावी पेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार