Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना गोष्ठी सम्पन्न



विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा प्रदेश स्तरीय व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्य योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजन तथा यु.एन.डि.पि.को सहयोगमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एंव केन्द्रिय सदस्य राजेन्द्र राउतले देशको दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए । नीजि क्षेत्र देशमा रोजगारी सुनिश्चीत गर्ने महत्वपूर्ण क्षेत्र भएको उनले बताए ।

यस्तै यूएनडीपी परियोजनाका संयोजक प्रकाश बुढामगरले व्यवसाय र मानव अधिकार विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विज्ञ सन्तोष सिग्देलले व्यवसाय र मानव अधिकार शीर्षकमा नेपालमा देखिएको विषयवस्तुको उठान र राष्ट्रिय कन्सल्टेन्ट रामचरित्र साहले प्रारम्भिक मस्यौदाको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा श्रमिकको अधिकार, उपभोक्ता अधिकार, महिला तथा बालबालिका अधिकार, आप्रवासी कामदार सम्बन्धी अधिकार, लैङ्गिक समानता र अविदेनको अधिकारलगायतका विषयमा समूहगत छलफल भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य उमेश डालमियाले मानव अधिकारका विषयलाई निजी क्षेत्रले लागू गर्दै आइरहेको बताउदै यस्ता कार्यक्रमले आगामी दिनमा उद्योग व्यवसायलाई थप सहयोग पुग्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी सहनिर्देशक सीता घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रदेश १ का जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा उद्योगी व्यवसायीहरु सहित करीब ६० जनाको सहभागिता रहेको वाणिज्य महासंघका निदेर्शक श्याम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार