Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को सभामुखमा बाबुराम गौतमको उम्मेदवारी, निर्विरोध हुने सम्भावना



विराटनगर : प्रदेश १ मा सभामुखको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी गौतमको प्रस्तावक रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुले गौतमलाई समर्थन गरेका छन् ।

सभामुख निर्वाचनका लागि मंगलबार बसको प्रदेशसभाको दोस्रो बैठकले कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार सभामुखका लागि आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रदेशमा सभामुखका लागि पुस २८ गते बिहान ११ बजे निर्वाचन हुने छ । सभामुख निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरेको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्धव थापाले आफूहरु सभामुखमा उम्मेदवारी नदिने जानकारी दिए ।

कांग्रेसले उम्मेदवारी नदिने बताएसँगै सभामुखमा गौतम निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार