Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आलोपालो सहमति नभएसम्म माओवादी सरकारमा नजाने, मुख्यमन्त्रीको शपथग्रहण बहिष्कार गर्ने



विराटनगर : प्रदेश १ को सरकारमा नेकपा माओवादी केन्द्र तत्काल नजाने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

आइतबार साँझ गठबन्धनका केन्द्रीय नेताहरूले प्रदेश १ एमालेलाई दिने निर्णय गरेसँगै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरू सरकारमा नजाने घोषणा गरेका थिए। उनले पार्टीका अन्य संसदहरुसँग सल्लाह नगरी सरकारमा नजाने घोषणा गरेपछि माओवादीमा विवाद देखिएको थियो ।

सरकारमा सहभागिताका विषयमा बसेको बैठकले आलोपालोको प्रतिवद्धता नभएसम्म सरकारमा नजाने निर्णय गरेको माओवादी प्रदेश १ का सचिव तथा प्रदेश संसद गणेश उप्रेतीले जानकारी दिए ।

बैठकले सरकरमा सहभागी नहुने निर्णय पार्टीको केन्द्रीय कमिटीलाई जानकारी गराउने उनले बताए । यस्तै माओवादीले मुख्यमन्त्री हिक्मत कार्कीको शपथग्रहण बहिष्कार गर्ने निर्णयसमेत गरेको छ ।

कार्कीको आज दिउँसो २ बजे शपथ समाराेह छ । आजै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार