विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा सहभागी नहुने घोषणाको माओवादीकै संसदहरुले विरोध गरेका छन् ।
माओवादीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य जीवन आचार्यले प्रदेश संसदहरुसँग सल्लाह नगरी दलका नेताले सरकारमा सहभागी नहुने घोषणा गरेको बताए । सरकारमा नजाने निर्णय आङ्बोको व्यक्तिगत निर्णय भएको उनले बताए ।
‘प्रदेश संसदहरुसँग कुनै सल्लाह नगरी उहाँले एक्लै यो निर्णय लिनुभएको हो,’ आचार्यले भने, ‘मैले त मिडियामा समाचार आएपछि मात्र थाहा पाए ।’
पार्टी केन्द्रीय, प्रदेश कमिटी तथा प्रदेशका संसदसमेतलाई थाहा नदिइ घोषणा भएको आचार्यको भनाई छ ।
प्रदेश १ मा माओवादीका १३ सांसद छन् । दलका नेता आङ्बो जसरी पनि प्रदेशमा आधा कार्यकाल आफूले मुख्यमन्त्री पाउनुपर्ने लबिङमा छन् ।