Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कार्यदलले ओलीलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा



काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित समितिले सत्ता गठबन्धन दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । शनिबार साँझ कार्यदलका संयोजक विष्णु पौडेलले प्रतिवेदन बुझाएका हुन् ।

ओली सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजक अध्यक्ष हुन् । प्रतिवेदनमा पुस २७ गते सार्वजनिक बिदा दिनेसहित विभिन्न प्रस्ताव समेटिएका छन् ।

पुस १४ गते गठित कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सहभागिता छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार