कैलाश चापागाई/विराटनगर : २७ वर्षीय नर्सलाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका हस्पिटल सञ्चालक पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा विराटनगरस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका सञ्चालक ३३ वर्षीय दिवाकर यादवलाई पक्राउ गरिएको हो ।
यादवविरुद्ध ती नर्सले जबरजस्ती करणीमा जाहेरी दिएको चार महिनापछि पक्राउ गरिएको हो । सुनसरीको औरावनी घर भएका अस्पताल सञ्चालक यादव विराटनगर २ मा बस्दै आएका थिए । आफूविरुद्ध जाहेरी परेपछि यादव फरार थिए ।
यादवले भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको जाहेरी दिएकी थिइन् ।
मोरङ प्रहरीका अनुसार यादवविरुद्ध आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु भएको छ । आफूलाई विभिन्न धाक धम्की दिएर यादवले कुटपिट गरी पटक पटक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।