विराटनगर : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत चयन गरेको छ। आइतबार बसेको दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो ।
यसअघि दलको नेतामा दावी गर्दै आएका ओमप्रकाश भाट अन्तिम समयमा ब्याक भएपछि भट्ट सर्वसम्मत चयन भएका हुन्। भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित भएका हुन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ संसद छन्।