Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले वाग्मती संसदीय दलको नेतामा थपलिया



काठमाडौं : नेकपा (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् ।

बिहीबार हेटौँडामा बसेको बैठकबाट थपलियालाई संसदीय दलको नेता चयन गरिएको एमालेले जनाएको छ ।

थपलिया चितवन निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार