Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्न आज मनोनयन दर्ता, भोली मतदान



विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयन गर्न आज उम्मेदवारी दर्ता हुँदैछ । आकांक्षी बढी भएपछि दलको नेता चयन गर्न कांग्रेसले निर्वाचन गर्न लागेको हो ।

निर्वाचन समितिले जनाएअनुसार कार्यतालिकाको समयअनुरुप नै दिउँसो साढे १२ बजे मनोनयन दर्ता हुनेछ । बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिएको छ ।

२ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २ देखि साढे २ बजेसम्म दावी विरोध, दिउँसो ३ देखि ४ वजे सम्म उम्मेदवारी फिर्ताको लागि समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक तथा प्रदेश उपसभापति रमेशजङ रायमाझीले जानकारी दिए ।

दलको नेता चयन गर्न भोली (शुक्रबार) मतदान हुनेछ । प्रदेश १ मा नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन्। जसमा ९/९ जना संस्थापनको देउवा र सिटौला समूहका र ११ जना संस्थापन इतर समूहका रहेको दावी गरिएको छ।

संसदीय दलको नेतामा संस्थापनबाट पार्टीका प्रदेश १ सभापतिसमेत रहेका उद्धव थापा, भीम पराजुली, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र अमृत अर्याल चुनावी दौडमा छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार