विराटनगर : वाग्मती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिंह लामा ५ मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि इन्द्र बानियाँलाई ५ मतले पछि पार्दै दलको नेता बनेका हुन् ।
बुधबार भएको निर्वाचानमा लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे । वाग्मती प्रदेशमा कांग्रेसका ३७ संसद छन् ।